काठमाण्डौं । फागुन ३० गतेभित्र २० वर्ष पुराना सार्वजनिक सवारी साधान नहटाए सरकारले नियन्त्रणमा लिने भएको छ । चैत १ गतेदेखि देशभरी २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार चैत १ गतेदेखि २० वर्ष पुराना गाडी चलाइएकोमा पाइएकामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ ।
‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना’अनुसार पुराना गाडी हटाउन लागिएको हो । उपत्यकामा ६ महिना पहिलेदेखि नै २० वर्ष पुराना सार्वजनिक यातायात प्रयोग गर्न निषेध भइसकेको छ ।
Facebook Comments Box