काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको लापरवाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ ।
तत्कालीन नैकाप गाविस -५ मा त्रिविमातहत रहेको १ सय २५ रोपनी जग्गा संस्थाको नाममा सुरक्षित नगर्दा जोखिममा परेको थियो । सर्वोच्चले त्यस जग्गाको मालिक त्रिवि नै रहेको ठहर गरिदिएको छ ।
न्यायाधिशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जग्गा त्रिवि माताहतमा रहेकाले व्यक्तिको नाममा हुन नसक्ने फैसला गरेको हो । अाजकाे नागरिकमा खबर छ ।
Facebook Comments Box