हुम्ला । हिमाली जिल्ला हुम्लामा तेस्रो पटक हिमपात भए पछि सेताम्मे भएको छ । सोमबार बिहान बाटै हिमपात भए संगै चिसो अत्याधिक बढ्दा तापक्रम माईनस १४ डिग्री पुगेको छ । वेलुुका तीन बजेसम्म आधा फिट हिउँ जमेको छ भने हिमपात हुने क्रम जारी रहेको छ ।

चिसो बढेसंगै कर्मचारीहरु कार्यालयमा आगो तापेर बसिहेका छन भने सिमकोट बजारमा पसल अगाडी आगो तापेर पसलेहरु बसि रहेका देखिन्थ्ये । मानिसको आवत जावत निक्कै कम भए पछि चिसोले धेरै पसलहरु बन्द रहेको पानस कम्प्युट फोटोकपी सेन्टरका सरोज रावतले बताउनु भयो छन ।
आगालगी पिडितहरु राहातका लागि बाहेक अन्य नागरिकता तथा दैनिक प्रशासनीय कार्यका लागि कुुनै पनि सेवाग्राहहिरु नआएको प्रमुुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भयो । चिसो भने निक्कै बढेको प्रजिअ शर्माले बताउनु भयो ।
सधै कार्यालयमा भिडभाड हुने गरेको भए पनि सोमवार कुनै पनि सेवाग्राहीहरु नआएको सिमकोट गाँउ पालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो ।
बजारमा मानिसको आवत जावत पनि निक्कै कम भएको अध्यक्ष लामाले बताउनुु भयो । नाम्खा गाँउपालिकाको संचार सम्पर्क विच्छेद भएको छ भने मानिसहरु एक गाँउबाट अर्को गाँउमा आउजाउ गर्न पनि बन्द भएको छ । किसानहरुले चिसोको कारण गाई बस्तुु गोठवाट बाहिर ननिकालेको भए पनि गत कार्तिकमा छरेको गहुुँ, जौ र उवा उम्रने भनेर खुुसी भएको किसान सौरकिला रावतले बताउनुु भयो । जिल्लाको एक मात्र यातायातको साधन हवाई यातायात भने वन्द रहेको छ ।