काठमाण्डाैं । नवौँ अन्तर्रा्ष्ट्रिय लोक सांस्कृतिक मेला आगामी फागुनको तेस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । विश्वका १० मुलुकका कलाकारलाई नेपालमा बोलाएर फागुन १७ देखि २६ गतेसम्म मेला गर्न लागिएको हो ।
एभरेष्ट नेपाल सांस्कृतिक समूहले आज आयोजित पत्रकार सम्मेलन गरि मेलामा नेपाल, बंगलादेश, भारत, मलेसिया, इन्डोनेसिया, कोस्टारिका, इस्टोनिया, ग्रीस, टर्की, इटाली र इजरायलका ३०० भन्दा बढी कलाकारको उपस्थिति रहने बताएको छ ।
विसं २०५९ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको मेलामा हालसम्म ६५ देशका तीन हजार ५०० भन्दा बढी कलाकारले आआफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
Facebook Comments Box