काठमाण्डाैं । सरकारले चियाको उत्पादन, प्रशोधन र बजारीकरणलाई वृद्धि गर्ने उद्देश्यका साथ चिया गणना कार्यक्रम–२०७४ संचालनमा ल्याएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले केन्द्रिय तथ्यांक विभागको सहयोगमा चिया गणना कार्यक्रम सूरु गरेको हो ।
४० जना चियाका गणकहरुलाई नियुक्ती गरेर देशभर चिया गणना कार्यक्रम संचालन गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिनु भयो ।
उहाँले चियाको उत्पादन, प्रशोधन र बजारीकरण वृद्धि गर्ने उद्देश्यका साथ यसको यथार्थपरक तथ्यांक संकलन गर्न चिया गणना कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।
Facebook Comments Box