झापा । तेह्रथुममा यसवर्ष सुन्तला उत्पादनमा २५ प्रतिशत कमी आएको छ । जिल्लाभर यसवर्ष ४ हजार ५७ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
गत वर्षभन्दा यो परिमाण १ हजार ४ सय मेट्रिक टन कम हो । गतवर्ष तेह्रथुममा ५ हजार ४ सय ७३ मेट्रिक टन सुन्तला फलेको थियो ।
तेह्रथुमबाट उत्पादित सुन्तला पूर्वका धरान, इटहरी, विर्तामोड र विराटनगरका बजार हुँदै भारततर्फ निर्यात हुने गरेको छ ।
Facebook Comments Box