रसुवा । रसुवाकाे नौकुण्ड गाउँपालिका–५ स्थित स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ ।
स्थानीय धनबहादुर मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।
घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box