काठमाण्डाैं । यातायात व्यवस्था विभागले बैशाखदेखि देशभरका महानगर तथा उपमहानगरपालिकाभित्र प्रदुषण जाँच पास नभएका गाडीलाई निषेध गर्ने भएको छ ।
विभागसँग प्रदुषण जाँच गर्ने मेसिन आइ नसकेको मेसिन आउने अवधिलाई नै मध्यनजर गरेर दुई महिनाको समय राखिएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिनु भयो ।
यस्तै यातायात व्यवस्था विभागले चैत १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई पुर्ण रुपमा प्रतिबन्ध पनि लगाउने भएको छ ।
२०७२ चैत १ गतेको मन्त्रिपरिषदको निर्णयबाट समेत प्रस्ताव स्वीकृत भइसकेकाले यसलाई कार्यान्वयनमा लैजानेगरी विभाग अघि बढेको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको पाँच वर्षे रणनीतिक कार्ययोजनामा उल्लेख भए बमोजिम बीस वर्ष भन्दा पुराना सम्पुर्ण सार्वजनिक सवारी साधनहरु २ वर्षभित्र अर्थात २०७४ फागुन ३० भित्र देशभरबाट विस्थापन गर्नुपर्ने व्यवस्था छ।