काठमाण्डाैं । साधवी हेमानन्द गिरीले शंकराचार्य चयनको प्रक्रिया अझैपनि पूरा नभइसकेको बताउनु भएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले शंकराचार्य छनोटको प्रक्रिया लामो हुने भन्दै प्रक्रिया टुंगिइनसकेको बताउनु भयो ।
उहाँले अखडा परिषदबाट आफूलाई शंकराचार्यको नियुक्तिका लागि तयार रहन खबर आएको तर औपचारिक घोषण हुन भने बाँकी रहेको प्रस्ट पार्नु भएको छ ।
उहाँले भारत धर्म महामन्डल र कासी विद्वत् परिषदलाई नेपालमा पनि मठ कायम गर्नुपर्ने प्रस्ताव राखेको उल्लेख गर्नु भयो ।
Facebook Comments Box