काठमाण्डाैं । आज स्वास्थ्य मन्त्रालयमा बसेको शुल्क निर्धारण समितिको बैठकले अस्पतलाको शुल्क निर्धारण गर्न ५ सदस्यीय समिति गठन गरेको छ । चिकित्सा महशाखाका प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य विज्ञ, उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधि, उद्योग वाणिज्य विभागका प्रतिनिधि रहेको मन्त्रालयका प्रवक्ता श्रीराम गिरीले बताए । यो बैठक ४ वर्षपछि बसेको हो ।
अस्पतालको कसरी अनुगमन तथा नियमन गर्ने र सरकारी सेवा शुल्क कसरी निर्धारण गर्ने भन्ने विषयमा बैठकमा छलफल भएको मन्त्रालयका प्रवक्ता गिरीले बताउनु भयो ।
Facebook Comments Box