काठमाडाैं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सको यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजको दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकिएको छैन ।
यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निगमसँग छन् । नेपाल एयरलाइनससँग वाई १२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन् । उनीहरुलाई सात जना कोपाइलटले सघाउँछन् ।
पाइलट अभावका कारण नयाँ जहाजले तत्काल उडान गर्न नसक्ने देखिएको छ । अहिले दुई वटा वाई १२ जहाज उडाइरहेका पाइलटलाई थप दुई जहाज उडाउने जिम्मेवारी पनि थपिएको हो । आजको अन्नपूर्णमा खबर छ ।
Facebook Comments Box