
भक्तपुर । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयका कर्मचारी र स्थानीय तहबीच द्वन्द्व बढेको बताएका छन् ।
सानोठिमीमा शिक्षक सेवा आयोगको दोस्रो स्थापना दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्रीले शिक्षा मन्त्रालय र मातहतका कार्यालय विघटन नगरिएको तर स्थानीय तहले सबै अधिकार पायौँ भन्दै कर्मचारी ल्याउन र कार्यक्रम सञ्चालन गर्न हतारो गरे पनि हामी विस्तारै कर्मचारी पठाएने बताए ।
अस्थायी शिक्षकलाई प्रतिष्पर्धाबाटै स्थायी प्रक्रियामा अगाडि लैजाने बताउँदै शिक्षामन्त्री श्रेष्ठले भने ‘अस्थायी शिक्षकलाई अटोमेटिक स्थायी गर्न खोजिएको होइन, प्रतिष्पर्धाबाटै गर्ने हो, प्रतिष्पर्धामा उतीर्ण हुने हुन्छन्, नहुने स्थायी हुदैनन्, जिन्दगीभर शिक्षामा लगानी गर्ने शिक्षकलाई एक पटक अवसर दिनुपर्छ भन्नेमा सबैको सहमति भएको छ ।’ आजको हिमालय टाइम्समा खबर छ ।