सिमकाेट । विष्फाेटक पदार्थको अभाबमा कर्णाली कोरिडोर अन्र्तगत सिमकोट हिल्सा सडक खण्ड अन्र्तगतको च्याछरामा काम एक वर्ष देखि रोकिएको छ । नेपाली सेनासंग सो पदार्थका लागि पहल गर्दा गर्दै व्यवस्था हुन नसके पछि एक बर्ष देखि सो खण्डको काम रोकिएको हो ।
सो खण्ड जोडिन अव चार किलो मिटर मात्र बाँकी रहेको छ । त्यो मध्य चार सय मिटर बाहेक बाँकीमा काम भइरहेको सिमकोट हिल्सा सडक आयोजनाका सव इन्जिनीयर बिरेन्द्र शाहीले बताउनुभयो ।
गत बर्ष असोजमा केही बिष्फोटक पदार्थको व्यवस्था हुुँदा केही काम अगाडी वढेको भए पनि त्यसयता बिष्फोटक पदार्थ कै अभावमा काम रोकिएको उहाँले बताउनुु भयो ।
हालसम्म बाटोको निर्माण कार्य सकिएर सिमकोट हिल्सा बाटोमा गाडी गुुडी सक्नुु पर्ने भए पनि एक बर्षदेखि विष्फोटक पदार्थको अभावमा च्याछरा खण्डको बाटोको निर्माण कार्य रोकिएको सिमकोट हिल्सा सडक आयोजनाका सव इन्जिनीयर शाहीले बताउनुु भयो ।
हाल जयन्ती निर्माण सेबाले काम गरि रहेको करिब चार सय मिटर कडा चट्टानका लागि बिष्फोट पदार्थ नभई काम गर्न नसकिने भएको हुुँदा नेपाली सेनासंग बिष्फोट पदार्थको कुरा भै रहेको र अव चाँडै दिने कुुरा भए पनि हालसम्म व्यवस्था नभएको निर्माण कम्पनीले जनाएको छ ।
हाल सिमकोट हिल्सा कै हेक्पा खोला हुुँदै ताग्रुु र च्याछरा खण्डको पाँच किलो मिटर बाटोमा सुुर्य निर्माण सेबाले काम गरि रहेको र चाँडै सम्पन्न हुुने आयोजनाले जनाएको छ ।
नेपाल र चीनको बोर्डर हिल्सामा पक्की पुुल निर्माण भै सकेको छ भने तुुम्कोटमा पनि बेलिब्रिज निर्माण भएर गाडी गुुडि रहेका छन ।
यस बर्ष तीन वटा ताग्रुु, सल्ली र हेक्पा खोलाको पक्की पुुल निर्माणका लागि टेण्डर भई निर्माण कम्पनी छनौट भएर काम संचालनको अवस्थामा रहेका छन भने याङ्गार खोलामा पुुल निर्माणका लागि पून डिजाईन भै रहेकोे आयोजनाले जनाएको छ ।
बिष्फोटक पदार्थ नेपाली सेनाले भनेको समयमा उपलव्ध गराए दुुई देखि तीन महिना भित्र बाटोको ट्याक खोल्ने कार्य सम्पन्न भएर सिमकोट हिल्सा बाटोमा गाडी गुड्न सुुरु हुने समेत आयोजनाले जनाएको हो ।
कुुल ९५ किलो मिटर लम्वाई भएको सिमकोट हिल्सा सडक आयोजनाको २०५६ सालबाट तत्कालीन जिल्ला बिकास समितिले आन्तरिक श्रोतबाट र पछि बिश्व खाद्य कार्यक्रमको खाद्यान्नवाट बाटो निर्माण गर्न सुुरु गरेमा २०६९ सालमा आयोजनाले हात हालेको थियो ।
तत्कालीन जिल्ला बिकास समितिको आन्तरिक श्रोत र बिश्व खाद्यको खाद्यान्न बाहेक सिमकोट हिल्सा सडकका लागि आयोजनाको हालसम्म ३३ करोड बजेट खर्च भएको आयोजनाले जनाएको छ ।