कालिकोट । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौशल अलिमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कालिकोटका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यकर्मीबीच भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले दोषीलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।
स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलिलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेको विरोधमा आइतबारदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आन्दोलन उत्रिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दोषीलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले प्रतिबद्धता जनाएपछि तीन दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
Facebook Comments Box