काठमाण्डौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेपाल नेशनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ ।
सरकारी निकायबाट अनुमति नलिई सञ्चालनमा रहेकाले अस्पताल बन्द गर्न निर्देशन दिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनु भयो ।
सात दिनभित्र अस्पतालका सबै सेवा बन्द गरी विभागलाई जानकारी गराउन माघ १८ मा विभागले निर्देशन दिएको छ ।
विभागलाई जिल्ला जनस्वास्थ्य कार्यालयले पनि अस्पतालले मापदण्ड पूरा नगरेको जानकारी दिएको थियो ।
Facebook Comments Box