बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमै खानेपानीको हाहाकार भएको छ ।
वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र जयपृथ्वी नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिए पनि खानेपानिको समस्या भने हल भएको छैन ।
उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम चैनपुरमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा यतिबेला उक्त ठाउँमा पानीको हाहाकार नै भएको छ ।
दैनिक पानी दिने ठाउँमा तीन दिन र चार दिन पछि पानी आउने भएपछि बाउली खोलाको दूषित पानी उपभोग गर्न बाध्य भएको खप्तड बोर्डिङ स्कुलका शिक्षक मोहन विकले बताउनु भयो ।
Facebook Comments Box