काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका सुरुका ६ महिनामा झण्डै २७ अर्ब ७६ करोड रुपैयाँको शेयर सार्वजनिक निष्काशनको अनुमति दिएको छ ।
बोर्डले प्रकाशित गरेको सूचना अनुसार अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलब ४५ प्रतिशत बढी शेयर निष्काशनको अनुमति दिएको जनाएको हो । यो अवधिमा ४६ वटा संस्थाले शेयर निष्काशनको अनुमति लिएका हुन् ।
जसमा नौवटा कम्पनीको दुई अर्ब ८६ करोड रुपैयाँको अर्थात साधारण शेयर आइपिओ, तीन कम्पनीको दुई अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ, ३० कम्पनीको १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर र चार कम्पनीको चार अर्ब ७० करोड रकम बराबरको सामूहिक लगानी कोष, निष्काशन गर्ने अनुमति दिइएको हो ।
Facebook Comments Box