काठमाण्डाैं । विज्ञहरुले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता वृद्धि गर्न मानवीय पूँजीमा लगानी गर्नुपर्नेमा जोड दिएका छन ।
आज काठमाडौंमा आयोजित मानवीय पूँजी सम्मेलनमा नेशनल बैकिंङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाले बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षमता वृद्धि गर्न पनि मानवीय पुँजीमा लगानी गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले लगानीबाट प्रतिफल लिन पनि मानवीय पूँजीमा लगानी गर्नैपर्ने पनि स्पष्ट पार्नु भयो ।
इन्स्टिच्युटले नेपालको बैक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिँदै आएको छ । सम्मेलनमा देशभरका बैक तथा वित्तिय संस्थाहरुका प्रतिनिधिहरु सहभागी भएका छन ।
Facebook Comments Box