सिमकोट । हुम्लामा मंगलवार विहानवाट हिमपात सुुरु भएको छ ।

हिमपात संगै चिसोले जन जीवन भने निक्कै कष्ठकर भएको हो । तापक्रम माईनस १४ पुुगेकोले चिसो भने निक्कै वढेको छ ।
बिहान साढे सात वजेसम्म आधा फिट हिउँ जमिनमा जमेको छ ।

यातायातको एक मात्र साधन हवाई यातायात वन्द भएको छ भने जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाँउ पालिकासंग सम्पर्क विच्छेद भएको छ ।

चिसो भए पनि मानिस भने चिसोमा रमाउन विहानबाटै घरवाट वाहिर निस्केर हिउँमा रमाउन थालेका छन । एक आपसमा हिउँ हानेर रमाईलो मानिस गरि रहेका छन ।
यो हिमपात हुम्ला जिल्लामा यस वर्षको तेस्रो पटक हिमपात हो । लामो समय पछि हिमपात हुँदा किसान भने खुुसी भएका छन ।
Facebook Comments Box