विर्तामोड । लामो समयको अवरोधपछि सोमबार साँझ नेपालबाट २६ ट्रक अदुवा भारत पठाइएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ।
कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार निकै लामो प्रयासपछि अदुवाका ट्रक भारत पठाइएको हो।
भारतले भारतीय व्यापारीहरुकै लागि तोकेको मापदण्डका कारण पनि अहिले अदुवा भारत जान सकिरहेको थिएन।
तर लामो समयदेखि राखिएका कारण विग्रिने भएकाले ति अदुवाका ट्रक भारत लैजान दिइएको अदुवा व्यवसायीहरुले बताएका छन्।
भारतीय व्यापारीहरुले पहिला नै आयात गरिने मात्रा निर्धारण गरेर त्यस्मा लाग्ने कर पहिला नै तिर्नुपर्ने भएकाले नेपाली अदुवा गोदाम तथा किसानका घरमा थन्क्याउनु परेको थियो।
तर अदुवा निर्यातमा देखिएको समस्याको स्थायी समाधान भने भइ नसकेको अदुवा व्यवसायीहरुले बताएका छन्।
Facebook Comments Box