काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम सभा बैठकले आव २०७४÷७५ को योजना तथा कार्यक्रमसहितको करिब ७८ करोड ३४ लाख बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले १३ अर्ब ४५ करोडको बहुवर्षीय योजना चरणबद्ध रुपमा क्रमशः कार्यान्वयन गर्न सिद्धान्ततः स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी प्रतिष्ठानलाई सञ्चालन खर्चवापत कूल विनियोजन हुने वार्षिक बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने नीतिगत निर्णय गरिएको छ । सभाले ऐनको व्यवस्थानुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आउने हुँदा सम्पूर्ण प्रशासनिक–आर्थिक अधिकारलगायत चलअचल सम्पत्ति हस्तान्तरण गर्न ऐनअनुरुप कार्यान्वयन गर्ने निर्णय गरेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।
Facebook Comments Box