काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताउनुभएको छ ।
प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को आज यहाँ सार्वजनिक गर्र्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाणका आधारमा आरोप लगाउनु उपयुक्त नहुने बताउनु भयाे ।
Facebook Comments Box
