
काठमाडौं । साझा यातायातले शहरी सार्वजनिक यातायातका लागि नेपालकै पहिलो सेमी लो-फ्लोर ज्यान काठमाडौं ल्याएको छ । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस भएको छ ।
भारतीय कम्पनी अशोक ले ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएको हो । अब यो बस रूट पर्मिट लिएर सञ्चालनमा आउनेछ ।
साझाले एउटा सेमी-लो फ्लोर बससहित २० वटा सिटी बस र ल्याउन लागेको छ । यो बस झण्डै ३५ लाखमा किनिएको साझा यातायातले जनाएको छ ।
Facebook Comments Box