हुम्ला । हराउन थालेको बिबाह तथा ब्रतबन्धको बेला नाँचिने जन्ती नाँच पुन: नाँच्न थालिएको छ ।
आफू डिभि परेर अमेरिका बस्दै आएको भए पनि नेपाली केटीसंग बिबाह गरे पछि हुम्लामा आफ्नो परम्परागत साँस्कृृतिको संरक्षणका लागि जन्ती नाँच देखाएर सिमकोट गाँउ पालिका पाँच निवासी सन्तोष रावतले बिबाह गर्नु भएको छ ।
रावतको बिबाहमा परम्परा देखि बिशेष गरेर बिबाहका बेला नाँचिने जन्ती नाँच सवैले भगाएर बिबाह गर्न थाले पछि नाँच हराउन थालेको थियो । एक महिनाका लागि बिदामा नेपाल आएका रावतले अन्र्तजातिय बिबाह गरे पनि सोखको लागि भन्दा पनि आफ्नो परम्परागत सँस्कृृतलाई जोगाउनका लागि जन्ती नाँच देखाएको बताउनुु भयो ।
पचास भन्दा स्थानीय पहिरनमा ढाल तरवार सहितको जन्ती नाँच प्रस्तुुत गरिएको थियो । हुम्लाको बिबाहमा नाँच्ने जन्ती नाँचको भिडियो रेर्कड पनि गरिएको र त्यो अमेरिकामा समेत प्रचार प्रसार गरिने भएको छ । शुुभ साईतको बेला स्थानीय पहिरन झल्किने गरि नाँचिने यो नाँचको संरक्षणतर्फ लाग्नुु पर्ने बताउन थालिएको छ ।