काठमाडाैं । संघीय संरचनाअनुसार बजेट ल्याउने तयारी गरिरहेको सरकारलाई २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ।
संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ अर्ब ९८ अर्बको बजेट ल्याउने गृहकार्य गरेको छ।
चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत श्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी गरेको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेका छन्।
संघीय संरचनाअनुसार प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संबैधानिक व्यवस्था छ।
चालु आर्थिक बर्षको लागि संघीय सरकारको वित्तिय श्रोत राजस्वबाट ७ सय ३० अर्ब, साँवाफीर्तितर्फ १४ अर्ब र बैदेशिक अनुदान ७२ अर्ब रुपैयाँको लक्ष्य राखिएको छ।
Facebook Comments Box