सिमकोट । हुम्ला जिल्लाका लामा समुदायका महिलाहरुले महंगा गहना लगाएर नाच्ने ठाईकुर नाँच लोप हुने खतरा बढेको छ । नयाँ पीँढी सवै आधुनिक गीत संगीत र नाँचतर्फ वढि आकर्षित हुन थाले पछि यो नाँच ओझेलमा पर्न लागेको हो ।
महिलाहरुले महंगा गहना र कपडा लगाएर गीत गाँउदै नाँचिने ठाईकुर नाचमा अलि हुने खाने घरका महिलाले ५० लाख भन्दा वढि मुल्यका गहना लगाउने सिमकोट गाँउ पालिका वडा नम्वर ३ का च्याम्पा सिंह लामाले वताउनु भयो ।
जसमा सुन, रुपो, मुगा, चाँदी, कपुन्र्ने र तुथो जस्ता महंगा धातुवाट निर्मित गहना लगाएर महिलाहरु नाच्ने गरेको उहाँले वताउनु भयो । खुट्टा देखि टाउकोसम्म महंगा कपडा तथा गहना लगाउने हुम्लाकै महंगो गहना लगाउने नाच भएको उहाँले वताउनु भयो ।
अहिले पुराना महंगा गहनाका ठाँउमा नक्कली गहना पनि लगाउन थालेको र त्यो पनि २० देखि २५ लाख मुुल्यका हुने गरेको सोही वडाकी छपाल लामाले वताउनु भयो ।
गहना र ड्रेस लगाए पछि महिलाहरु फकर रुपम देखिने भएको हुुँदा पनि यो नाचको छुुट्टै महत्व रहेको भए पनि विस्तारै पछिल्लो पुुस्ताले यो प्रति ध्यान नदिदा लोप होला भन्ने चिन्ता लामाले व्यक्त गर्नु पर्यो ।
लामा खाम भाषावाट विवाहमा दुुलहा दुलही गीतबाटै आश्रीवाद, ल्होसारमा देवी देवताको पुुजाको गीत, चाडपर्वमा शुभकामना तथा मंगलमयका गीत गाँउदै महिलाहरु नाँच्ने गरेको सिमकोट गाँउपालिकाका अध्यक्ष पदम लामाले वताउनु भयो ।
लामा समुदायले मनाउने चाड पर्व देखि विवाह, व्रर्तवन्ध र स्वागतका लागि गीत गाँउदै नाँच्ने ठाईकुर नाँच प्रति नयाँ पुस्ताले ध्यान नदिदा हराउने चिन्ता वढेको अध्यक्ष लामाले वताउनु भयो ।
यो नाँच लोप भए हुम्लाका लामाहरुको पहिचान हराउने भएको हुँदा नयाँ पुस्ताहरुलाई आफ्नो लोक संस्कार वचाउने तर्फ ध्यान दिन उहाँले आग्रह गर्नु भएको छ ।
लाखौ मुल्यका महंगा गहना लगाएर विशेष अवसरहरुमा स्वागतका रुपमा पनि नाँचिने ठाईकुर नाँच संरक्षणका लागि गाँउ पालिकाले पनि कार्यक्रम संचालन गर्ने उहाँले वताउनु भयो ।
हुँम्ला जिल्लाका लामा समुुदाय भएको सिमकोट गाँउ पालिकाको वडा अनुसार लगाउने ड्रेस फरक भए पनि गहना भने मिल्ने र माथिल्लो हुम्ला नाम्खा गाँउ पालिकामा भने नाच फरक हुने गरेको छ ।
विशेष गरेर अघिल्लो पुस्ताका मानिसले नाच्ने ठाईकुर नाँच माने पर्वमा निक्कै नाचिने गरेको छ ।