काठमाण्डौं । धितोपत्र बजारमा एकै पटक दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् ।
दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण शेयर जारी गर्ने तयारी गरिएको हो । सोही जानकारी बुझाउन केही समय लागेका कारण सीमित साधारण शेयर बिक्री गर्ने अवधिक एक महिना पर सरेको थियो ।
Facebook Comments Box