काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं २० अलौमा रहेको एकीकृत जाँचचौकी (आइसिपी) चाँडै सञ्चालनमा आउने भएको छ ।
भारत सरकारको एक अर्ब ३९ करोडको लागतमा सन् २०११ देखि निर्माण शुरु भएको सो आइसिपीको भारततर्फको सम्पूर्ण निर्माण सम्पन्न भइसकेको छ । आइसिपी निर्माणका लागि नेपाल-भारत दुवैतर्फ सवा २०० बिघा जग्गा अधिग्रहण गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।
आइसिपी निर्माण पूरा भए पनि सुक्खा बन्दरगाहदेखि आइसिपीसम्म करिब ७०० मिटर सडक विस्तार भने हुन सकेको छैन । यसका लागि अर्थ मन्त्रालयले ९० करोडमध्ये ३० करोड विनियोजन गरिसकेको नेपाली पक्षले जनाएको छ ।
Facebook Comments Box