बनियानी । धानको उत्पादकत्व बढाउन पूर्वी नेपालको झापामा प्रधानमन्त्री कृषि आधुननिकीकरण परियोजना अन्तर्गत सुपरनजोनले उद्देश्य अनुरुप सफता पाएको छैन । झापाको कचनकवल गाँउपालिकामा एक वर्षअघि सरकारबाटै सुपरजोन घोषणा गरिए पनि सरकारबाटै त्यसलाई बेवास्ता गरेको देखिन्छ । सुपरनजोन घोषणा भएसँगै उत्साहित बनेका किसान अहिले निराश देखिन थालेका छन् ।
कृषिलाई आधुनिकीकरण गर्न नविनतम आधुनिक कृषि यन्त्रहरु भित्र्याइए पनि त्यसलाई चाहिने पूर्वधारहरुको अभाव देखिएको छ । धानको उन्नत बीउ राख्ने मेशिन, धान छर्ने मेशिनको शुभारम्भ गर्न कृषि राज्यमन्त्री सरिता प्रसाईं गृह जिल्ला झापा आएकी थिइन् ।
माघ ५ गते कृषि राज्यमन्त्री प्रसाईले उन्नत बीउ राख्ने मेसिनको शुभारम्भ गर्ने क्रममा मेसिनको सुइच अन गरिन तर चलेन । विद्युत अवरुद्ध नभएको बेलामा पनि उक्त मेसिन चलेन । तर जति भोल्टेज हुनुपर्ने त्यति नभएकाले मेसिन चल्न सकेन । राज्यमन्त्री प्रसाईले पूर्णरुपमा मेसिन कसरी चल्छ भन्ने थाह पाईनन् ।
एक वर्ष अघि जनशक्ति अभावका कारण हातैले विउ रोप्दा किसानहरुलाई दुःख भएकाले नविन्तम प्रविधि प्रयोग गरेर युवा पुस्तालाई आकर्षित गर्नका लागि धान सुपरजोन घोषणा गरिएको सरकारी अधिकारीहरु बताउँछन् । कृषिलाई आधुनिकीकरण गरेर कृषि सम्मानित पेशा बनाउनका लागि यी मेसिनहरु भित्र्याइएको हो । यो मेसिन संचालनमा आएसँगै युवा पुस्तालाई रोजगार सृजना गर्नेमा बिश्वास गर्छन मेघनाथ तिमल्सिना । उनले भने, ‘मुख्य कुरा त यसले युवाहरुमा रोजगारको सृजना गर्छ ।’
तिमल्सिनाका अनुसार विरुवा उत्पादन गर्ने र विरुवा रोप्न छुट्टा छुट्टै जनशक्तिको आवश्यकता पर्छ । तर भोल्टेज नपुग्ने भएकाले मेसिन चल्न गाह्रो भएको तिमल्सिना बताउँछन् । केही महिना उन्नत विउ तथा आधुनिक औजार प्रयोग गर्न पाएका किसानहरुले वर्षा याममा रोपेको धानमा उल्लेख्य वृद्धि गरेका थिए ।
तर सुपरजोन क्षेत्रको ९० प्रतिशत जमिनमा चैते धान उत्पादनका लागि सिंचाई सुविधा पुगेको छैन । धान उत्पादनका लागि सिंचाई नभए सुपरजोन नामको मात्र रहने किसानहरुको चिन्ता छ । चैते धानको उत्पादनका लागि लक्ष्य राखिएको एक हजार हेक्टर जमिन मध्ये १५ बिगाहमा मात्र सौर्य उर्जा जडित पम्पबाट सिंचाई सुविधा पुर्याइएको छ ।