
काठमाण्डौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सन् २०१८ का लागि आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ।
जसमा एसिसीले सन् २०१८ मा आयोजना गर्ने प्रतियोगिता र कार्यक्रम समावेश छन् । एसिसीको क्यालेन्डर अनुसार नेपालले २ वटा प्रतियोगिता खेल्नेछ ।नेपालको नाम सेप्टेम्बरमा एसिया कप क्वालिफायर छ । जहाँ नेपालसहित हङकङ, मलेसिया, ओमान, सिंगापुर र युएईले प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायर भारतमा आयोजना हुनेछ ।
नेपालले अक्टोबरमा यू–१९ एसिया कप खेल्नेछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, हङकङ, नेपाल र यूएई गरी ८ टिमको प्रतिस्पर्धा हुनेछ ।
यू–१९ एसिया कप बंगलादेशमा हुने एसिसीले जनाएको छ । एसिया कप क्वालिफायरमा शीर्ष स्थान हात पार्ने टिमले थप दुई प्रतियोगिता खेल्ने मौका पाउनेछ।
शीर्ष स्थान हात पार्ने टिमले सेप्टेम्बरमै भारतमा हुने एसिया कपमा पाँच टेस्ट मान्यता टिममा प्रतिस्पर्धा गर्नेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानलाई सिधा स्थान दिएको हो ।
Facebook Comments Box