धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठकको तयारीका सम्बन्धमा आज बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि,२०७४ पारित गरेको छ ।
प्रदेशसभा पहिलो बैठकमा प्रमुख दलका एक एक सांसदलाई बोल्न दिने, प्रदेश सभामुखको चयन नभएसम्मका लागि प्रदेशसभाको बैठक सञ्चालन गर्न तीन सांसदको मनोनयन गर्ने र प्रदेश सभामुखको निर्वाचनको मिति तोक्ने प्रस्ताव बैठकले पारित गरेको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।
प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।
Facebook Comments Box