काठमाडौं । दरबारमार्गमा भएको सामूहिक बलात्कारमा पीडित युवतीको प्रहरीले बयान लिन सुरु गरेको छ । बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएपछि बयान लिन थालिएको हो । यसअघि उनी प्रहरीको सम्पर्कबाट बाहिर थिइन् ।
घटनाको छानबिन गर्न काठमाडौं प्रहरी परिसरले गठन गरेको समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बुधबार साँझ युवती सम्पर्क आएपछि बयान लिइएको बताए ।
परिसर स्रोतका अनुसार पीडित युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बयान दिएकी छिन् ।
घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरले छुट्टाछुट्टै समिति गठन गरेको थियो ।
Facebook Comments Box