काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्य सम्पादन समितिले यही माघ १९ गते प्रदेश नं ३ को सम्मेलन काठमाडाैंमा गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा आज बसेको बैठकले उक्त प्रदेशको विकास निर्माणमा अब पार्टीले निर्वाह गर्ने भूमिकाकाबारे सम्मेलनमा छलफल तथा पार्टीका प्रदेश तहका नेतालाई विभिन्न जिम्मेवारी प्रदान गर्ने भएको छ ।
Facebook Comments Box