वीरगंज । प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय न्यायिक समितिले राजनीतिक पूर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
न्यायमा पहुँच आयोग र सर्वोच्च अदालतले आज आयोजना गरेको ‘न्यायमा सहज पहुँचका लागि स्थानीय न्यायिक समितिको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सबैलाई चित्त बुझ्ने गरी न्याय सम्पादन गर्नु न्यायिक समितिका लागि चुनौती र अवसर भएकाले सकारात्मक न्याय सम्पादन गरेर अभिभावकको भूमिका खेल्नुपर्ने बताउनुभयो ।
स्थानीय न्यायिक समितिलाई संविधान र कानुनले ठूलो अभिभारा दिएको उल्लेख गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक मन प्रयोग गरेर न्याय सम्पादन गर्न आग्रह गर्दै पार्टीको विचारभन्दा माथि उठेर साझा व्यक्तिका रुपमा काम गर्दा नागरिकलाई सहज न्याय दिन सफल हुने विचार व्यक्त गर्नुभयो ।
Facebook Comments Box