काठमाडौँ । अपाङ्ता भएका व्यक्तिलाई सहज वातावरण सिर्जना गर्नका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
करुणा फाउण्डेशनले आज आयोजना गरेको ‘सञ्चारकर्मी र अपाङ्गता भएका व्यक्ति’बीचको छलफलमा वक्ताहरुले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा सहज पहुँचका लागि भौतिक संरचना निर्माण अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय योजना आयोगमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व भएमात्र अपाङ्गमैत्री संरचना निर्माण हुने बताउनुभयो ।
Facebook Comments Box