झापा । हेरक वर्षको स्वस्थानी सांगे पूर्णिमाका दिन लाग्ने गरेको किच्चकवध मेला यस बर्ष पनि आज लाग्दै छ ।
मेलामा दक्षिण झापाका बासिन्दा तथा सीमावर्ती भारतबाट समेत मानिसहरु आउने गरेका छन् ।
महाभारतकालिन किम्वदन्ति जोडिएको यो स्थान झापाको दक्षिणी भेग अर्थात भद्रपुर नगरपालिकामा पर्दछ ।
धार्मिक रुपमा यो स्थान महाभारतकालका विराट राजा, कौरव र पाण्डवहरुको जीवनसंग जोडिएको पाइन्छ ।
पाण्डवहरु विराट राजाको यहाँ स्थित दरबारमा भान्से तथा गोठालेका रुपमा गुप्त बास वसेका वेला पाण्डव पत्नी द्रौपदीलाई परी झैं देखेपछि विराट राजाका भान्जा किच्चकले कुदृष्टि राखि द्रौपदीको सतित्व लुट्न लाग्दा वलवान पाण्डव पुत्र भिमसेनले राक्षसी रुप भएका किच्चकको वध गरी द्रौपदीको इज्जत जोगाएको घटनाबाटनै यस स्थानको नाम किच्चकवध रहेको किम्वदन्ती छ ।
Facebook Comments Box