काठमाण्डाैं । २०७४ माघ १७ गते (तदनुसार ३१ जनवरी २०१८) बुधबाार बेलुका खग्रास चन्द्रग्रहण लाग्ने छ । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ ।
पृथ्वीको छाँयाभित्र चन्द्रमाको सम्पूर्ण भाग प्रवेश गर्ने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छाँयामा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ ।
माघ १७ गते बुधबारको चन्द्रग्रहण काठमाडौँमा बेलुका ५:३२ बजे पूर्व दिशामा स्पर्श हुन्छ । यसरी ५:३२ मा ग्रहण स्पर्श भएपनि बेलुकी ५:५५ पछि हाम्रो क्षितिजमा चन्द्रमा उदाउने भएकाले सो पश्चात् मात्र ग्रहण देख्न सकिन्छ ।
यसैगरी रातिको ७:१६ बजे खग्रास चन्द्रग्रहणको मध्य अवस्था हुन्छ । पृथ्वीको छायाभित्र चन्द्रमा बेलुका ६:३६ बजे पूर्ण प्रवेश गर्दछ अर्थात् सम्मीलन हुन्छ भने बेलुका ७:५३ बजेदेखि पृथ्वीको छायाबाट बाहिर निष्कन शुरु अर्थात् उन्नमीलन भई राति ८ बजेर ५७ मिनेट जाँदा पश्चिममा मोक्ष हुन्छ अर्थात् चन्द्रग्रहण सकिन्छ । यसरी समग्रमा ३ घण्टा २ मिनेट चन्द्रग्रहण रहने गर्दछ जसलाई सर्वपर्वकाल भनिन्छ । यो समय काठमाडौँको हो । अन्यस्थानमा समयको अन्तर रहने गर्दछ ।
यो चन्द्रग्रहण अष्ट्रेलिया, एशियाको पूर्वी भाग तथा क्यानाडाको पश्चिम उत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिन्छ । यसैगरी पश्चिम एशियामा ग्रस्तोदय र उत्तर अमेरिकामा ग्रस्तास्त देखिन्छ । पश्चिम यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने यो चन्द्रग्रहण देखिदैन ।
४.१. कुन राशिले ग्रहण हेर्दा के फल ?
जन्मर्क्षे निधनं ग्रहे जनिभतो घातः क्षतिः श्रीव्र्यथा ।
चिन्तासौख्यकलत्रदौस्थ्यभृतयः स्युर्माननाशः सुखम् ।
लाभोपाय इति क्रमात्तदशुभध्वस्त्यै जपः स्वर्णगो—
र्दानं शान्तिरथो ग्रहं त्वशुभदं नो वीक्षमाहुः परे ।।
( मुहुर्तचिन्तामणि, ४।६)
अशुभ फल दिने ग्रहण नहेर्नु भनिएको छ । यदि हेरिन्छ भने दोष लाग्ने र त्यसको जप, अन्न वस्त्र दान, स्वर्णदान गरी शान्ति गर्नुपर्दछ ।
श्रवण नक्षत्रका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले श्रवण नक्षत्र र मकर राशि भएका व्यक्तिले ग्रहण नहेर्नु नै उचित हुने शास्त्रीय मान्यता रहेको छ ।
विशेषतः यो चन्द्रग्रहणमा कुन राशिले हेरे के फल निम्नानुसार बताईएको छः
मेषः व्यथा अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
वृषः श्रीप्राप्ति अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
मिथुनः क्षति अर्थात् ग्रहण हेर्नु क्षयकरी हुन्छ ।अशुभ रहन्छ ।
कर्कटः घात अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
सिंहः व्यय अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
कन्याः लाभ अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
तुलाः सुख अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
वृश्चिकः माननाश अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
मकरः कष्ट अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
मकरः स्त्रीपीडा अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
कुम्भः सौख्य अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
मीनः चिन्ता अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५
Facebook Comments Box