
काठमाण्डाैं । इण्डियन प्रिमियर लिग(आइपीएल)को अक्सनमा दिल्ली डेयरडेवल्सले अनुबन्ध गरेका नेपाली १७ वर्षे युवा लेगब्रेक बलर सन्दीप लामिछानेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधार्इ दिएका छन्।
अाइपीएलमा छनौट भएको खबर बाहिरिएपछि प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल ट्वीटर मार्फत सन्दीपलार्इ बधार्इ दिएका हुन।
देउवाले सन्दीपप्रति पुरै राष्ट्रले गर्व गरिरहेको बताउदै दिल्ली डेयरडेवल्सलार्इ समेत धन्यवाद् ज्ञापन गरेका छन्।
आइपीएलको आइतबार बैंग्लुरुमा भएको दोस्रो दिनको अक्सनमा सन्दीपलाई उनको आधार मूल्य ३२ लाख (२० लाख भारतीय रुपैयाँ) मा दिल्लीले अनुबन्ध गरेको हो।
https://twitter.com/PM_Nepal/status/957632504533413888
Facebook Comments Box