
काठमाडौँ । खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउने भएकाे छ ।
सञ्चार केन्द्र नेपालले आइतबार आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तक्रियामा आपूर्ति मन्त्री जयन्त चन्दले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताएका छन् ।
मुलुकमा लामो समयदेखि कानूनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उनले उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको बताए ।
Facebook Comments Box