काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो ।
स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४१२ कित्ता, कावेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।
Facebook Comments Box