काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका र स्वयम्भूलाई सम्पदा मार्गका रुपमा विकास गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र युनेस्कोका प्रतिनिधिले आज स्थलगत अध्ययन गरेका छन् ।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेशसभा सदस्य राजेश शाक्य, स्थानीय तहका प्रतिनिधिका साथै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्टाइन म्यानहार्टको नेतृत्वमा एक समूहले संयुक्तरुपमा त्यस क्षेत्रको अध्ययन गरेको हो ।
हनुमानढोकादेखि करिब तीन किलोमिटर पैदलमार्ग भई स्वयम्भूसम्मका प्राचीन सम्पदाको अध्ययनपछि त्यस क्षेत्रलाई सम्पदा मार्ग बनाउन आवश्यक नीति तथा गृहकार्य गरिने प्रतिनिधिसभा सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box