
काठमाण्डाैं । स्थानीय तह गठन भएको एक वर्ष नबित्दै ४६ वटा स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन ।
मन्त्रिपरिषद्ले एक साताअघि नौँवटा स्थानीय तहको नाम, २३ वटा स्थानीय तहको केन्द्र र १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको नाम र केन्द्र परिवर्तनका लागि गाउँ र नगरसभाबाट निर्णय भई एक दर्जन बढी सिफारिस आइरहेको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले बताउनु भयो ।
प्रक्रिया र्पुयाएर आएका सबै सिफारिसलाई मन्त्रिपरिषद्ले मात्र निर्णय गर्ने उहाँले बताउनु भयो । गत बैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको स्थानीय तहको नाम परिवर्तन भएको छ ।
Facebook Comments Box