
काठमाण्डाैं । पछिल्लो ६ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ४५ वटा ‘स्टिङ अप्रेशन’मा ५ जना प्रहरी पनि परेको जनाएको छ ।
सेवाग्राहीबाट घूस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा नेपाल प्रहरीका जवानदेखि डीएसपीसम्म परेका हुन् । अख्तियारबाट पक्राउ पर्नेमा एक डीएसपी, एक इन्सपेक्टर, दुई असई, एक हवल्दार र एक जवान छन् । उनीहरुलाई अख्तियारले सबुत प्रमाणसहित नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीलाई दुःख दिने धेरै प्रहरीविरुद्ध उजुरी परेको अख्तियार स्रोतले बताएको छ । उनीहरु क्रमशः प्रमाणसहित पक्राउ पर्ने अख्तियारको दाबी छ ।
Facebook Comments Box