
झापा । दक्षिण एशीयाली लेखा व्यवसायी महासंघ साफाले सार्क क्षेत्रको लेखासम्बन्धि कार्यक्रम काठमाडौंमा आयोजना गर्ने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टन्ट्स संस्था आईक्यानको २१ औं स्थापना दिवसको अवसर पारेर साफाको कार्यक्रम मंगलबारदेखि सूरु हुने जानकारी गराइएको हो ।
३ दिनसम्म हुने कार्यक्रममा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकान्टेन्सीसम्बन्धि मापदण्ड तथा प्रचलनहरुमा एकरुपता पहिल्याउने विषयमा छलफल हुने आईक्यानका अध्यक्ष प्रकाशजंग थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box