
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आवको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।
निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।
गत आवको सोही अवधिमा ६३ हजार ८०५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आवको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा तीन हजार ३१८ पर्यटक वृद्धि भएको हो ।
चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ ।
Facebook Comments Box