
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ ।
अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ्य हुन पाउनुपर्छ भन्ने बिपीको चाहनालाई अस्तपालले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नेपाली जनताले स्वस्थ्य सेवा पाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले संघीय संरचनामा मुलुकलाई रुपान्तरण गर्ने क्रममा आफू नेतृत्वको सरकारले जनसवालका विषयमा निर्णय गर्न नपाएको बताउनुभएको थियो ।
Facebook Comments Box