
विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको भाउन्ने चोक नजिक शनिबार दिउँसो गुडिरहेको मारुती भेनमा आगो लागेको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुती भेनमा एक्कासी आगो लागेको हो।
उक्त भेनमा चालक मात्र सवार रहेकाले अन्य मानवीय क्षति नभएको डाँगीहाट प्रहरी चौकीका इन्चार्ज गजेन्द्रनारायण यादवले बताए।
यादवका अनुसार चालकको लाइसेन्स, ब्लुबुक, मोबाइललगायत अन्य गाडीभित्र रहेका सामग्री जलेर पूर्णरूपमा नष्ट भएको छ।
Facebook Comments Box