काठमाडौँ । शहीद सप्ताहको दोस्रो दिन शनिबार काठमाडौँ महानगरपालिकाले धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेको छ ।
आजकै दिन धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको काठमाडौं सिफल उकालोमा आयोजना गरिएको श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शहीदको सपना पूरा गर्न अब सामाजिक र विकासका आन्दोलनमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय जुनसुकै कारणले मृत्यु भएका मानिसलाई शहीद घोषणा गरेर वास्तविक शहीदप्रति अपमान भएको बताउनुभयो । शहीद सप्ताह मूल समारोह समितिका संयोजक समेत रहनुभएका शाक्यले शहीद घोषणा गर्न देश र नागरिक स्वतन्त्रताका लागि सहादत गरेको व्यक्तिलाई शहिद घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।
तत्कालीन राणाशासनको सरकारले धर्मभक्त माथेम १९९७ साल माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याइएको थियो ।
विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्युदण्ड दिइएको थियो ।