झापा। आज देशका विभिन्न जिल्लामा ७ वटा दुर्घटना भएका छन् । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुल नजिकै बा.९च ३३१४ नम्बरको जीप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उता, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ बर्णालुमा बा.२ख ९५६४ नम्बरको टिपरले किचेर एक जनाकोे घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरेमा बा.३ख ८५३० नम्बरको माईक्रोबस दुर्घटना हुंदा एक बालिकाको मृत्यु भएको छ ।
यस्तै, सल्यानमा रा.१त २९४९ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका–३ ढुवाङमा दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, कपिलबस्तुको बाणगंगा नगरपालिका–८ लौगाईमा लु.२त ६६७३ नम्बरकोे ट्याक्टरले ठक्कर दिदाँ अर्का एक जनाको मृत्यु भएको छ ।
उता, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चौकीमा टिपर र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
यस्तै पाँचथरको याङबरक गाउँपालिका–३ मा ग.१ज ६०८५ नम्बरकोे जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।