
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले अदालतभित्रको निष्पक्षता कायम राख्न आवश्यक रहेको बताएका छन् ।
उच्च अदालत बार एशोसिएशन पाटनको २३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश जोशीले अदालतको निष्पक्षताका कायम राख्दै विश्वास कायम गर्नुपर्ने बताए ।
उनले अदालत उच्च बौद्धिक विचारको मन्थन गर्ने स्थान भएकाले न्यायपालिकाले त्यस्ता विचारलाई प्रोत्साहन गर्नुपर्ने र कानुन व्यवसायीहरु पनि बौद्धिक मन्थन गर्न तयार हुनुपर्ने बताएका छन् ।
Facebook Comments Box